गृहपृष्ठ कुमारी बैंकका ग्राहकलाई ठमेलको रमदा अन्कोरमा २० प्रतिशतसम्म छुट
कुमारी बैंकका ग्राहकलाई ठमेलको रमदा अन्कोरमा २० प्रतिशतसम्म छुट
काठमाडौं । कुमारी बैंक लिमिटेड र ठमेलस्थित रमदा अन्कोर बाइ विन्डमहोटलबीच बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले रमदा अन्कोरको होटल तथा रेस्टुरेन्टमा खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।
होटलका विभिन्न सेवा तथा सुविधा लिन ग्राहकलाई किस्ताबन्दी (EMI) सुविधा समेत उपलब्ध गराइनेछ। यस्तै, वार्षिक न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकले जन्मदिनमा निःशुल्क केक प्राप्त गर्ने सुविधा पाउनेछन्। पारिवारिक जमघट तथा कार्यक्रमका लागि केक र कर्केज शुल्क नलाग्ने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ।
त्यस्तै, रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको कोठा निःशुल्क प्राप्त गर्नेछन्। ग्राहकलाई लक्षित गर्दै ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’ मा समेत विशेष छुटको व्यवस्था गरिएको छ।
कुमारी बैंकले विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमामार्फत सेवा दिँदै आएको छ।
बैंकले आगामी दिनमा पनि ग्राहकलाई सरल, सहज र उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले विभिन्न संस्थासँग सहकार्य गर्दै जाने जनाएको छ।
प्रकाशित समय : १९:०६ बजे


















