गृहपृष्ठ पूर्वाञ्चल ल्युब आयलको २७औँ साधारणसभा सम्पन्न, आईपीओ ल्याउने तयारी

पूर्वाञ्चल ल्युब आयलको २७औँ साधारणसभा सम्पन्न, आईपीओ ल्याउने तयारी

पूर्वाञ्चल ल्युब आयलको २७औँ साधारणसभा सम्पन्न, आईपीओ ल्याउने तयारी

विराटचोक । पी.एल.ओ. ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसहित सञ्चालक समितिबाट प्रस्तुत सबै प्रस्ताव पारित गरेको छ।

सभाले कम्पनीको चुक्ता पुँजीमा करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ। यस्तै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, बजेट, सञ्चालकको पारिश्रमिक तथा नयाँ सञ्चालक समिति चयनसम्बन्धी प्रस्ताव पनि पारित भएका छन्।

यसैबीच, पूर्वाञ्चल ल्युब आयलले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनको तयारी अघि बढाएको छ। कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि ६ लाख कित्ता शेयर छुट्याउने तयारी गरेको छ।

आईपीओ निष्कासनमार्फत पूँजी विस्तार गरी व्यवसायलाई थप विस्तार गर्ने योजना कम्पनीको रहेको छ। कम्पनीले आगामी दिनमा उत्पादन तथा व्यवसाय विस्तारसँगै लगानीकर्तालाई थप अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ।

प्रकाशित समय : १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु