गृहपृष्ठ युनाइटेड लुब्रिकेन्ट्सको डिलर्स समिट थाइल्याण्डमा सम्पन्न

युनाइटेड लुब्रिकेन्ट्सको डिलर्स समिट थाइल्याण्डमा सम्पन्न

युनाइटेड लुब्रिकेन्ट्सको डिलर्स समिट थाइल्याण्डमा सम्पन्न

काठमाडौं, असोज । युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिको आयोजनामा ‘UNITED DEALERS SUMMIT 2083’ थाइल्याण्डको पटायामा सम्पन्न भएको छ।

सेप्टेम्बर २१ देखि २५ सम्म पटायास्थित द होलिडे रिसोर्टमा आयोजित कार्यक्रममा कम्पनीका विभिन्न क्षेत्रका डिलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा Veedol Lubricant र Nepal Gold Lubricant ब्रान्डका डिलर तथा प्रतिनिधिबीच आपसी अनुभव, बजारका अवसर, व्यावसायिक सम्भावना तथा आगामी सहकार्यका विषयमा छलफल र अन्तरक्रिया गरिएको थियो।

समिटका क्रममा उत्कृष्ट डिलर तथा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरूलाई अवार्ड प्रदान गरी सम्मान गरिएको थियो। व्यवसाय विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउने डिलर तथा टप परफर्मरलाई सम्मान गरिएको छ।

यसै अवसरमा बाइक तथा स्कुटरका लागि नयाँ इन्जिन आयल, स्कुटर गियर आयल, चेन ल्युब तथा डिजेल एक्जस्ट फ्लुइड (DEF) सार्वजनिक गरिएको छ। नयाँ उत्पादनमार्फत ग्राहकको बदलिँदो आवश्यकता र बजारको मागअनुसार उत्पादन पोर्टफोलियो विस्तार गर्न खोजिएको कम्पनीले जनाए ।

कार्यक्रममा व्यावसायिक छलफलसँगै विभिन्न मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधिसमेत आयोजना गरिएको थियो। यस्ता गतिविधिले कम्पनी र डिलरबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको आयोजकले बताए।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजका डेपुटी जनरल म्यानेजर दिनेश खनालले ‘UNITED DEALERS SUMMIT 2083’ सफल, फलदायी र ऊर्जावान रहेको बताए। उनका अनुसार समिटले कम्पनी र डिलरबीचको सहकार्यलाई थप बलियो बनाउनुका साथै आगामी व्यावसायिक विकास र नयाँ अवसरका लागि सकारात्मक ऊर्जा प्रदान गरेको छ।

कम्पनीले समिटले डिलर तथा व्यावसायिक साझेदारसँगको विश्वास, सहकार्य र सम्बन्धलाई थप मजबुत बनाउँदै आगामी यात्राका लागि नयाँ उत्साह प्रदान गरेको बताए ।

प्रकाशित समय : १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु