गृहपृष्ठ आईसीएफसी फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

आईसीएफसी फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

आईसीएफसी फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सको साधारण सभा असोज १३ गते मंगलबार काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा सम्पन्न भएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

त्यस्तै, वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षकमा ‘एस.ए.आर. एसोसिएट्स’ चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ । साधारण सभाबाट पारित नगद लाभांश सोही दिन सेयरधनीहरूको सम्बन्धित खातामा जम्मा गरिने जानकारी पनि फाइनान्सले दिएको छ ।

चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको आईसीएफसी फाइनान्सले हालसम्म २१ वटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिमार्फत बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।

फाइनान्सका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म २२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन तथा १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रकाशित समय : १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु