गृहपृष्ठ सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न

सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न

सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न

काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८२/८३ का लागि साधारण सेयर पुँजीमा १० प्रतिशत र अग्राधिकार सेयर पुँजीमा ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले सञ्चालक समितिको प्रस्तावअनुसार साधारण सेयरधनीका लागि करसहित १० प्रतिशत तथा अग्राधिकार सेयरधनीका लागि करसहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

साधारणसभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन्।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा गरेको छ। असार मसान्तसम्म बैंकको कुल सम्पत्ति २ खर्ब ९१ अर्ब २१ करोड, कुल निक्षेप २ खर्ब ४९ अर्ब ९३ करोड र खुद कर्जा सापटी २ खर्ब ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।

आर्थिक वर्ष २०८१/८२ को तुलनामा बैंकको निक्षेप १०.८४ प्रतिशत, कर्जा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।

असार मसान्त २०८३ सम्म बैंकको निष्क्रिय कर्जा अनुपात २.८७ प्रतिशत, पुँजीकोष १२.८३ प्रतिशत र तरलता अनुपात ३०.६८ प्रतिशत रहेको छ। बैंकको मासिक औसत कर्जा–निक्षेप अनुपात ८०.७७ प्रतिशत रहेको छ।

प्रकाशित समय : २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु