काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धनगढीमा एभरेस्ट बैंकको नयाँ भवन, १३४औँ शाखा सञ्चालन

2.23K
shares

धनगढी । एभरेस्ट बैंकले कैलालीको धनगढीमा आफ्नो १३४औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकमा आफ्नै भवनबाट शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले असोज ५ गते नयाँ भवनको उद्घाटनसँगै सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालयसमेत सोही भवनमा स्थानान्तरण गरेको जनाएको छ । अब बैंकको सुदूरपश्चिम प्रदेशसम्बन्धी सम्पूर्ण सेवा नयाँ भवनबाटै सञ्चालन हुने छ ।

धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र एभरेस्ट बैंकका सञ्चालक समिति अध्यक्ष डा। बालगोपाल वैद्यले संयुक्त रूपमा नयाँ भवन तथा शाखाको उद्घाटन गरेको हो ।

उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, स्थानीय उद्योगी–व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीय बासिन्दाको उपस्थिति थियो ।

नयाँ शाखा सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशमा एभरेस्ट बैंकका शाखाको संख्या १५ पुगेको छ ।

क्याम्पस चोकमा आफ्नै भवनबाट शाखा सञ्चालनमा आएपछि त्यस क्षेत्रका ग्राहकलाई बैंकिङ सेवा लिन थप सहज हुने बैंकले जनाएको छ । बैंकका अनुसार शाखा विस्तारसँगै स्थानीय आर्थिक गतिविधि बढाउन तथा क्षेत्रको समग्र आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

एभरेस्ट बैंकले शाखा विस्तारमार्फत ग्राहकलाई सहज र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ ।