गृहपृष्ठ प्रतिनिधिसभाको बैठक सुरु, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक सुरु, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक
काठमाडौँ, ३१ असारः
सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः रत्न श्रेष्ठ/रासस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले “राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग .(नियन्त्रण) विधेयक,२०८३” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले “संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै “संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदन गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित समय : १३:३२ बजे

















