गृहपृष्ठ पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने

काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका दरले १५ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्न लागेको हो ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलका अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष लालप्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर कार्यक्रममा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ पनि उपस्थित थिए ।

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासमा योगदान पुर्‍याउने उद्देश्यले विभिन्न क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ । कम्पनीले ऊर्जा, सूचना प्रविधि, सञ्चार तथा पर्यटनसँग सम्बन्धित आयोजनालाई आफ्नो लगानीको प्राथमिकतामा राखेको छ ।

‘सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नारासहित अघि बढिरहेको कम्पनीले सम्भावनायुक्त विभिन्न क्षेत्रमा रणनीतिक लगानी गर्दै आएको छ ।

सर्वसाधारणका लागि शेयर निष्कासनपछि कम्पनीको लगानीमा सर्वसाधारणको समेत सहभागिता बढ्ने अपेक्षा गरिएको छ । शेयर निष्कासनको व्यवस्थापन तथा बिक्रीसम्बन्धी काम लक्ष्मी सन्राइज क्यापिटलले गर्नेछ ।

प्रकाशित समय : १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु