काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इसेवाको ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान सुरु

2.69K
shares

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान सुरु गरेको छ।

विदेशमा रहे पनि नेपालमा रहेका परिवारका सदस्यको दैनिक तथा वित्तीय आवश्यकतासँग सहज रूपमा जोड्ने उद्देश्यले अभियान सुरु गरिएको इसेवाले जनाएको छ।

अभियानअन्तर्गत विदेशमा रहेका नेपालीले नेपालमा रहेका आफ्ना आफन्तको इसेवा खातामा सिधै रेमिट्यान्स पठाउन सक्ने सुविधा बारे जानकारी गराइनेछ। साथै, रेमिट्यान्सको सही उपयोग तथा डिजिटल भुक्तानीका फाइदाबारे जनचेतना अभिवृद्धि गर्ने इसेवाको योजना छ।

हाल इसेवाका आधिकारिक रेमिट्यान्स पार्टनरमार्फत विदेशबाट नेपालमा रहेका आफन्तको इसेवा खातामा सिधै रेमिट्यान्स पठाउन सकिने सुविधा रहेको छ।

इसेवा खातामा प्राप्त रकमबाट परिवारका सदस्यले विद्युत् तथा खानेपानीको महसुल, टेलिफोन तथा इन्टरनेटको बिल, बीमा योजना खरिद तथा बीमा शुल्क, विद्यालय शुल्कलगायत दैनिक जीवनसँग सम्बन्धित विभिन्न डिजिटल भुक्तानी गर्न सक्ने इसेवाले जनाएको छ।

विदेशबाट प्राप्त रेमिट्यान्सलाई दैनिक जीवनका भुक्तानीसँग जोडेर परिवारका सदस्यको जीवनमा सहजता ल्याउने उद्देश्य अभियानको रहेको कम्पनीको भनाइ छ।

भौगोलिक दूरीमा टाढा भए पनि परिवारप्रतिको जिम्मेवारी र आत्मीयता कायम राख्न अभियानले भूमिका खेल्ने इसेवाको विश्वास छ। विदेशमा रहेका नेपालीको मेहनतको कमाइ वैधानिक माध्यमबाट सिधै परिवारसम्म पुर्‍याई त्यसबाट दैनिक आवश्यकताका भुक्तानी सुरक्षित र सहज रूपमा गर्न सहयोग गर्नु अभियानको प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ।

इसेवा खातामा सिधै रेमिट्यान्स पठाउन सकिने सुविधाले नगद झिक्न एजेन्ट वा बैंकसम्म पुग्नुपर्ने झन्झट कम गर्नुका साथै रेमिट्यान्सलाई औपचारिक तथा डिजिटल अर्थतन्त्रसँग जोड्न सहयोग पुग्ने इसेवाको दाबी छ।

यसले वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याउने सरकारी नीतिलाई सहयोग गर्नुका साथै डिजिटल साक्षरता र वित्तीय पहुँच विस्तारमा समेत योगदान पुग्ने कम्पनीले जनाएको छ।

इसेवाले लामो समयदेखि डिजिटल प्रविधिको प्रयोगमार्फत वित्तीय कारोबारलाई सरल, सहज र पहुँचयोग्य बनाउँदै आएको छ।