गृहपृष्ठ संविधानले गणतन्त्र संस्थागत गर्दै संघीय लोकतान्त्रिक व्यवस्था स्थापित ग¥यो : केपी ओली
संविधानले गणतन्त्र संस्थागत गर्दै संघीय लोकतान्त्रिक व्यवस्था स्थापित ग¥यो : केपी ओली
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननिर्वाचित संविधानसभाबाट जारी भएको संविधानलाई नेपालको पहिलो ऐतिहासिक संविधान भएको बताएका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले नेपालको संविधानले गणतन्त्रलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था स्थापित गरेको बताए । उनले संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारबीच अधिकार बाँडफाँट गरेको तथा राज्यका अंगहरूमा समानुपातिक, समावेशी र सहभागितामूलक प्रणालीलाई आत्मसात गरेको उल्लेख गरे ।
उनले नेपालको संविधानलाई नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा चित्रण गर्दै संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
ओलीले संविधान जारी गर्ने समय देशले कठिन परिस्थितिको सामना गरेको स्मरण गर्दै संविधान जारी भएपछि नाकाबन्दीजस्तो चुनौती व्यहोर्नुपरेको उल्लेख गरे । त्यस्ता कठिनाइले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको उनले बताए ।
उनले संविधान निर्माणका क्रममा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलन तथा लोकतान्त्रिक, वामपन्थी र देशभक्तिपूर्ण आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।
मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न राज्य बलियो र समृद्ध हुनुपर्ने उल्लेख गर्दै उनले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय गन्तव्यका रूपमा अघि सारेको बताए ।
प्रकाशित समय : ०८:०५ बजे


















