काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रियसभाः ‘प्रादेशिक सरोकार’ विषयमा सदस्यहरूले धारणा राख्दै

1.43K
shares

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले नेपालको संविधानले परिकल्पना गरेको सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिन सरकारलाई सुझाव दिएका छन। बैठकमा ‘प्रादेशिक सरोकार’ विषयमा दलीय आधारमा धारणा राख्दै सदस्यहरूले अधिकार र कानुनबिना प्रभावकारी रूपमा सेवा प्रवाह गर्न नसक्ने भएकाले प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयन गर्न आग्रह गरे ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद खालिदले सङ्घीयताको सुदृढीकरणमा सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा प्रदेश र स्थानीय तहले प्रभावकारी ढङ्गले कार्य गर्न नसकेको बताए । “संविधानको अनुसूची ५ मा उल्लेख भएअनुसार सङ्घ सरकारबाट अतिआवश्यक कानुन निर्माण गरिएन, प्रहरी समायोजन भएन, प्रशासनिक संरचना हस्तान्तरण भएनन्, आवश्यकताअनुसार प्रदेशहरूलाई कर्मचारीको व्यवस्थापन भएन”, उनले भने ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उर्मिला अर्यालले मधेस प्रदेशका नागरिकले सङ्घ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासबाट सुशासन र विकास कार्य पर्खिरहेको उल्लेख गर्दै तत्काल त्यसतर्फ उचित कदम चाल्न सुझाव दिए । “सुकुमवासी, मुसहर, दुसादलगायत समुदायले नागरिकता पाउन कठिनाइ भोगिरहेका छन् । महिला, आदिवासी जनजाति र दलितलाई राज्यको मूलप्रवाहमा ल्याउनुपर्छ”, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रोश्नी मेचेले नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयको त्रिकोणात्मक सम्बन्धको परिकल्पना गरेको उल्लेख गर्दै संविधान जारी भएको एक दशक बितिसक्दा पनि अधिकारको अष्पष्टता, बजेट हस्तान्तरणमा असन्तुलन र आधारभूत कानुनको अभावका कारण जनताले सेवासुविधा पाउन नसकेको बताए ।

नेकपाका सुरेश आलेमगरले गण्डकी प्रदेशको ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनबाट समृद्धि हालिस गर्ने योजना बनाउन सरकारलाई सुझाव दिए । उनले उपल्लो मुस्ताङ क्षेत्रमा रहेको युरेनियमको विस्तृत अन्वेशषण गर्न आग्रह गरे ।

एमालेका मीनासिंह रखालले प्रदेश र स्थानीय सरकारलाई सक्षम बनाउन सङ्घीय सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन । एमालेका रेखाकुमारी झाले मधेसका ७२ प्रतिशत घरधुरी अझै पनि चापाकलको पानी खान बाध्य भएको भन्दै तत्काल स्वच्छ पिउने पानी वितरणको प्रबन्ध गर्न सरकारलाई सुझाव दिइन ।