गृहपृष्ठ कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले दमकमा सर्पदंश तथा आकस्मिक अवस्थाका बिरामीको उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय दमकमार्फत दमक नगरपालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई कार्डियो मोनिटर र सक्सन मेसिन हस्तान्तरण गरेको हो ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीकी सभापति गोमा देवी प्रसाईं बुढाथोकीलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।

रेडक्रस सोसाइटीकी सभापति बुढाथोकीले बैंकको सहयोगले आकस्मिक अवस्थाका बिरामीको उपचारमा थप सहजता हुने बताइन् । उनका अनुसार सर्पदंशका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको स्वास्थ्य अवस्था निगरानी गर्न कार्डियो मोनिटर तथा श्वासप्रश्वाससम्बन्धी आकस्मिक अवस्थामा सक्सन मेसिन उपयोगी हुनेछ ।

उपकरण हस्तान्तरण कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख भुसालले स्वास्थ्य सेवा समुदायको आधारभूत आवश्यकता भएकाले स्थानीयस्तरमा उपलब्ध स्वास्थ्य स्रोतसाधनलाई थप प्रभावकारी बनाउन सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए ।

उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए । हस्तान्तरण गरिएका उपकरणले दमक क्षेत्रका नागरिकलाई आवश्यक पर्दा स्वास्थ्य सेवा लिन थप सहज हुने बैंकको विश्वास छ ।

कार्यक्रममा बैंकका कर्मचारी, नेपाल रेडक्रस सोसाइटीका अधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।

बैंकले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय : १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु