काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संविधान दिवस मनाउन मातहतका कमिटीलाई एमालेको निर्देशन

1.28K
shares

काठमाडौं । नेकपा (एमाले)ले संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ ।

एमालेका महासचिव शङ्कर पोखरेलले आज प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई पत्राचार गर्दै यही असोज ३ गते संविधान दिवसका अवसरमा विगतका वर्षमा झैँ यस वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिएका हुन।

महासचिव पोखरेलले संविधानको रक्षाको सन्देश प्रवाह हुने गरी आ–आफ्नो क्षेत्र र स्तरमा प्रभातफेरी, दीपप्रज्ज्वलन, विचार गोष्ठी, सरसफाइलगायत रचनात्मक कार्यक्रम आयोजना गर्न आग्रह गरेको सो पार्टीले जनाएको छ । एमालेले संविधान दिवसलाई राष्ट्रिय महत्त्वका साथ मनाउँदै संविधानको संरक्षण र कार्यान्वयनप्रति पार्टीको प्रतिबद्धता जनाउन मातहतका कमिटीलाई आह्वान गरेको हो ।