गृहपृष्ठ दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग
दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग
काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न सरकारसँग माग गरेका छन ।
प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसद यज्ञमणि न्यौपानेले दातृ निकायबाट प्राप्त राहत सामग्री त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गोदाममा थन्किएको बताउँदै पीडितहरूलाई ती सामान प्रदान गर्न माग गरे ।
सांसद बोधनारायण श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा पुरिएका निजी भवन, वित्तीय संस्थाका भवन तथा धार्मिकस्थललगायत संरचनामा खोज तथा उद्धार अभियान सञ्चालन गर्न माग गरे ।
सांसद गङ्गादेवी श्रेष्ठले बाढी प्रभावितको उचित पुनःस्थापना तथा पुरिएका घर र भएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न माग गरिन। उनले भोटेकोशी कटान रोक्ने संरचना निर्माण थाल्न आग्रह गरिन।
सांसद टिकाभद्र हमालले बाढीपीडितलाई सघाउन सरकारसँग आग्रह गरे । सांसद यशोदाकुमारी बरालले खानापकाउने ग्यासको अभावले जनता आहत भएकाले यो समस्या तत्काल समाधान गर्न माग गरिन ।
प्रकाशित समय : १४:५७ बजे


















