गृहपृष्ठ लुलाको ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह

लुलाको ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह

लुलाको ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह

ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले आगामी साता संयुक्त राष्ट्रसङ्घको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट भएमा ब्राजिलको चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने बताएका छन । अक्टोबरमा हुने राष्ट्रपतीय चुनावलाई लिएर दुई देशबीच तनाव बढिरहेका बेला उनले यस्तो धारणा सार्वजनिक गरेका हुन ।

लुलाले ब्रासिलियामा आयोजित चुनावी कार्यक्रममा आफू महासभाका क्रममा ट्रम्पसँग कुराकानी गर्न जाने र ‘ब्राजिलको चुनावमा हस्तक्षेप नगर्न’ आग्रह गर्ने बताए । ब्राजिलको विदेश मन्त्रालयका अधिकारी कार्लोस बिकालो कोजेन्डेले भने दुई नेताबीच विशेष द्विपक्षीय बैठक तय नभएको, तर गत वर्षजस्तै महासभामा भेट हुनसक्ने बताए ।

अमेरिकाले जुलाईमा ब्राजिलबाट आयात हुने वस्तुमा दुई चरणमा नयाँ शुल्क लगाएपछि लुलाले त्यसलाई आर्थिक दबाबमार्फत चुनाव प्रभावित पार्ने प्रयासका रूपमा आलोचना गरेका थिए। ट्रम्प प्रशासनसँगको तनाव सन् २०२५ मा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोमाथि चलेको मुद्दालाई लिएर ब्राजिलमाथि पहिलो चरणको शुल्क लगाएपछि सुरु भएको थियो ।

प्रकाशित समय : १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु