गृहपृष्ठ कामना सेवा विकास बैंकले पारित गर्यो १५ प्रतिशत नगद लाभांश
कामना सेवा विकास बैंकले पारित गर्यो १५ प्रतिशत नगद लाभांश
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभाले शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
भदौ ३१ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बैंकका सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
सभाले अग्राधिकार शेयरधनीका लागि अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ।
त्यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित गरेको छ।
साधारणसभाले बाह्य लेखापरीक्षक एन.बी.एस.एम एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।
सभामा शेयरधनीहरूले बैंकको वित्तीय अवस्था तथा आगामी योजनासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। ती जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए।
जिज्ञासाको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत थकालीले बैंकले निरन्तर दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई थप दिगो र सबल बनाउँदै लैजान प्रतिबद्ध रहेको बताए।
प्रकाशित समय : ०६:४३ बजे


















