गृहपृष्ठ बैंकहरूमा अधिक तरलता कायमै भएपछि राष्ट्र बैंकले आज ६० अर्ब निक्षेप तान्दै
बैंकहरूमा अधिक तरलता कायमै भएपछि राष्ट्र बैंकले आज ६० अर्ब निक्षेप तान्दै
काठमाडौं । बैँकहरूमा अधिक तरलता कायमै भएपछि नेपाल राष्ट्र बैंकले बुधबार ६० अर्ब निक्षेप तान्ने भएको छ ।
कर्जाको माग नभएको अवस्थामा बैंकहरुलाई निक्षेप व्यवस्थापन गर्न सहज हुने देखिन्छ । केन्द्रीय बैंकले आज मध्यान्ह ३ बजे बोलकबोल हुने जनाएको छ ।
यसमा वाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैंकहरुले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।
आजको बोलकबोलमा बैंकहरुले घटीमा १० करोड रूपियाँ र बढीमा ५ करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरूले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।
३० दिन अर्थात् आगामी असोज ३० गते बैंकहरुलाई सावाँ र ब्याज भुक्तानी गरिनेछ । कर्जाको माग न्यून हुँदा अहिले बैंकहरुमा पैसा थुप्रिएको छ । त्यो अवस्थामा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न यो उचित विकल्प हुने देखिन्छ ।
प्रकाशित समय : ११:४९ बजे


















