गृहपृष्ठ प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको प्रतिफल सुरक्षित गर्ने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ । प्रतिफल वितरण प्रयोजनार्थ यी दुई फण्डहरुले भोली अर्थात भदौ २५ गते एक दिनका लागि बुकक्लोज गर्दैछन् ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले, यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् । प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले कर सहित १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
भदौ ५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीहरुलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रकाशित समय : ११:५८ बजे


















