गृहपृष्ठ युनिलिभरद्वारा बाढी प्रभावितका लागि ५ करोड र स्वास्थ्य सामाग्री सहयोग

युनिलिभरद्वारा बाढी प्रभावितका लागि ५ करोड र स्वास्थ्य सामाग्री सहयोग

युनिलिभरद्वारा बाढी प्रभावितका लागि ५ करोड र स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । युनिलिभर नेपालले रसुवाको भोटेकोशी नदी हुँदै गत भदौ १० मा आएको बाढीबाट प्रभावित भएकाहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गरेको छ । साथै बाढी प्रभावितका लागि १ करोड रुपैयाँ बराबरको स्वास्थ्य तथा सरसफाई सामाग्री पनि उपलब्ध गराएको छ ।

कम्पनीले करिब एक करोड रुपैयाँ बराबरका २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीहरू समेत प्रभावितहरूका लागि उपलब्ध गराएको छ ।

कम्पनीले बाढीपछि बढ्न सक्ने प्रदूषण तथा संक्रमणको जोखिमलाई ध्यानमा राख्दै, लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिन लगायत युनिलिभरका स्वास्थ्य तथा घरायसी सरसफाइसम्बन्धी उत्पादनहरू उपलब्ध गराएको हो । यी सामाग्रीहरूले प्रभावित परिवारहरूलाई आफ्नो वरपरको वातावरण सफा तथा स्वच्छ राख्न र व्यक्तिगत सरसफाइ कायम राख्न सहयोग पुर्‍याउने कम्पनीको भनाइ छ ।

प्रकाशित समय : १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु