गृहपृष्ठ बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन

बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन

बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन

पर्सा । रसुवा बाढी प्रभावितको उपचारका लागि वीरगञ्जस्थित विभिन्न सङ्घ-संस्थाले १७९ पिन्ट रगत सङ्कलन गरेका छ्न ।

यहाँस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजना गरिएको रक्तदान कार्यक्रम ६८ पिन्ट रगत सङ्कलन गरिएको छ । रोटर्याक्ट क्लब अफ नेशनल मेडिकल कलेजको आयोजनामा तथा नेशनल मेडिकल कलेज ब्लड बैंकको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

रक्तदान अभियानमा चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, विद्यार्थी, स्वयंसेवक तथा विभिन्न क्षेत्रका सहभागीले रक्तदान गरेका थिए । सङ्कलित प्रत्येक युनिट रगतले विपद्बाट प्रभावित तथा उपचाररत बिरामीको जीवन बचाउन महत्त्वपूर्ण योगदान पुग्नेछ । बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत १११ जना कर्मचारीले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवामा जोड्ने उद्देश्यले रक्तदान गरेका छन ।

वीरगञ्ज बैंकर्स ग्रुपले आयोजना गरेको कार्यक्रममा १० जना महिलासहित १११ जनाले रक्तदान गरेका आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रकाशित समय : १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु