गृहपृष्ठ विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति
विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति
काठमाडौं । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय नुवाकोटले नुवाकोट–विदुर–चोगटे– सरमथली– जिरोकिलो हुँदै रसुवा जाने सडकलाई विस्तार तथा स्तरोन्नति गर्न सुरुआत गरेको छ ।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटबाट रसुवा जाने सडक अवरुद्ध भएपछि प्रदेश सरकारले वैकल्पिक सडकलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काममा देखिएको समस्या समाधान गर्ने कामलाई निरन्तरता दिइएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन ।
उनले आवतजावत गर्ने नागरिकलाई कुनै कठिनाइ नहोस् र राहत तथा अत्यावश्यक सामग्रीको ओसारपसार सहज होस् भनेर सडक स्तरोन्नतिको काम भइरहेको बताए । विदुरदेखि जिरोकिलोसम्म करिब १५ किलोमिटर दूरी रहेको बताइन्छ ।
प्रकाशित समय : १२:०६ बजे


















