गृहपृष्ठ एनसीसीएस ग्रुपद्वारा रसुवा बाढीपीडितका लागि १० लाख सहयोग

एनसीसीएस ग्रुपद्वारा रसुवा बाढीपीडितका लागि १० लाख सहयोग

एनसीसीएस ग्रुपद्वारा रसुवा बाढीपीडितका लागि १० लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, तत्काल राहत र पुनःस्थापनाका लागि एनसीसीएस ग्रुपले १० लाख रुपैयाँ सहयोग गरेको छ।

एनसीसीएस ग्रुपअन्तर्गतका तीन शैक्षिक संस्थाले छुट्टाछुट्टै रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

नेसनल क्रिएटिभ को–एडु स्कुलले ३ लाख रुपैयाँ, एनसीसीएस हायर सेकेन्डरी स्कुलले ३ लाख रुपैयाँ तथा नेसनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस)ले ४ लाख रुपैयाँ सहयोग गरेको हो।

भोटेकोशी बाढीका कारण रसुवासहित विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको खोज तथा उद्धार र राहत वितरण जारी रहेको अवस्थामा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको एनसीसीएस ग्रुपले जनाएको छ।

ग्रुपले विपद्को समयमा प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ।

यसैबीच, एनसीसीएसले विगत साढे दुई दशकदेखि नेपालको सूचना प्रविधि तथा व्यवस्थापन शिक्षाको क्षेत्रमा योगदान दिँदै आएको जनाएको छ। पकनाजोलस्थित एनसीसीएस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो भने संस्था ‘क्युएए सर्टिफाइड’ रहेको जनाएको छ।

एनसीसीएसले उच्च शिक्षा डिग्री हासिल गर्ने माध्यम मात्र नभई विद्यार्थीको व्यक्तित्व, नेतृत्व क्षमता तथा व्यावसायिक दक्षता विकासको आधार बन्नुपर्ने मान्यताका साथ विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सूचना प्रविधि, व्यवस्थापन तथा व्यावसायिक शिक्षामार्फत विद्यार्थीलाई बदलिँदो विश्व बजारका चुनौती सामना गर्न सक्ने सिर्जनशील र दक्ष जनशक्तिका रूपमा विकास गर्दै आएको एनसीसीएसले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ।

प्रकाशित समय : १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु