काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी

1.85K
shares

काठमाडौँ । अस्ट्रेलियामा जारी  टप एन्ड ट्वान्टी २० सिरिजअन्तर्गत अस्ट्रेलियन क्यापिटल टेरिटोरी विरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ ।

अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले एसीटीलाई ४ विकेटले पराजित गरेको हो । एसिटीले दिएको १४१ रनको लक्ष्य नेपाल ‘ए’ले १९।२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ६१ रन बनाए । उनले ४७ बलमा ५ चौका र एक छक्का प्रहार गरे । त्यस्तै पवन सर्राफ २९ रनमा अविजित रहे । मयन यादवले २१ तथा लोकेश बमले १२ रन बनाए ।

बलिङतर्फ एसिटीका ज्याक कहले ३ तथा जित मेहताले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एसीटीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । एसीटीका डिलन हन्टरले सर्वाधिक ४४ रन बनाए । एन्स टिवारी र निक ब्रोसले समान १९÷१९ रन बनाए ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले तीन विकेट लिए भने  युवराज खत्रीले दुई विकेट लिए । त्यस्तै पवन सर्राफ, बिपिन खत्री र शाहब आलमले समान एक एक विकेट लिए ।

प्रतियोगितामा नेपाल ‘ए’ को लगातार यो दोस्रो जित हो । यसअघि सोमबार भएको खेलमा नेपाल ‘ए’ले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो । त्यसअघि नेपाल ‘ए’ पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ विकेट तथा बङ्गलादेशको ए टोलिसङ ९ विकेटले पराजित भएको थियो ।

त्यस्तै एसिटी भने प्रतियोगितामा जितविहीन रहेको छ । यस अघि तीन खेल खेलेको एसिटी किङ्समेनसँग ६ विकेट, भिक्टोरिया सिए–११ सँग ८ विकेट तथा एनटी स्ट्राइकसँग ६ विकेटले पराजित भएको थियो  ।