गृहपृष्ठ मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध

मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध

मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु भएको छ ।

रसुवामा आएको भीषण बाढीका कारण पुगेको क्षति र तत्काल उद्धार, खोजी एवं औषधोपचार र अन्य व्यवस्थापनका लागि आपत्कालीन बैठक सुरु भएको मुख्यमन्त्री थापा मगरले जानकारी दिए ।

आपत्कालीन बैठकमा प्रदेशका मन्त्री, सचिव, विपद् व्यवस्थापनसँग सम्बन्धित अधिकारी, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू, विपद् क्षेत्रका प्रदेशसभा सदस्यहरू सहभागी छन ।

विपद् प्रभावित क्षेत्रको अवलोकन गरी राहत–उद्धारको पूर्वतयारीको काम भइरहेको जानकारी दिँदै मुख्यमन्त्री थापा मगरले प्रदेशभित्रका बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा जान आह्वान गरे ।

प्रकाशित समय : १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु