गृहपृष्ठ हेटौँडामा विजयसालको बीउ सङ्कलन गरिँदै

हेटौँडामा विजयसालको बीउ सङ्कलन गरिँदै

हेटौँडामा विजयसालको बीउ सङ्कलन गरिँदै

बागमती । डिभिजन वन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गुम्बाडाँडामा विजयसालको बीउ सङ्कलनकार्यलाई अघि बढाएको छ ।

कार्यालयले गुम्बाडाँडास्थित ०.२५ हेक्टर क्षेत्रफलमा ३०० वटा विजयसालका बोट संरक्षण गर्दै यसको बीउ सङ्कलन गर्न लागिएकोे डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रवंशीले जानकारी दिए ।

लोपोन्मुख प्रजातिको बहुउपयोगी वनस्पति विजयसालको संरक्षणका लागि बीउ सङ्कलन गर्न लागिएको उनले जानकारी दिए ।

औषधीय गुण भएको रुख वर्गमा पर्ने यो वनस्पति नवपरासीपश्चिम, रुपन्देही, कपिलवस्तु, कैलाली, कञ्चनपुरलगायतका स्थानमा पाउने गरिएको उनले जानकारी दिए । यो प्रजातिलाई नेपाल सरकारले वन नियमावली, २०५१ द्वारा कटान, निकासी, पैठारीमा प्रतिबन्ध गरेको छ ।

प्रकाशित समय : १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु