गृहपृष्ठ महिलामाथि हुने हिंसा रोक्न बलियो कानुनी सजाय आवश्यक : सांसद क्षेत्री

महिलामाथि हुने हिंसा रोक्न बलियो कानुनी सजाय आवश्यक : सांसद क्षेत्री

महिलामाथि हुने हिंसा रोक्न बलियो कानुनी सजाय आवश्यक : सांसद क्षेत्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले महिलामाथि हुने हिंसा र अपराध रोक्न बलियो कानुनी सजायको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदन र सरकारमा महिलाको सहभागिता ऐतिहासिक भए पनि महिलामाथिको हिंसा र प्रहार रोकिएको अवस्था नरहेको बताइन्।

उनले घर–परिवार, यातायात, सडक, सामाजिक सञ्जालदेखि संसदसम्म महिलामाथि हुने पीडादायी घटनाबारे सबै जानकार रहेको बताइन्।

उनले भनिन्,जन्मिनुअघि नै छोरी भनेर आमाको पेटमा नै हत्या हुन्छ। जन्मिएर बोली फुट्न नपाउँदै उनी गरिमा चौधरी बन्छिन्। बाँचेर हिँडडुल गर्ने उमेर पुग्दा निर्मला पन्त बन्छिन्। सबैबाट बचेर बिहे भएर भित्रिँदा दाइजोको नाममा पीडित हुन्छिन् र श्रीमान्बाटै काटिन्छिन्।’

क्षेत्रीले छोरी हुनु नै पापजस्तो बनाइएको भन्दै महिलाले संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताइन्।

‘एउटा छोरीलाई छोरी हुनु नै पाप जस्तो बनाइएको छ। हामीले संविधान मात्र हेर्ने कि संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार पनि सुनिश्चित गर्ने?’उनले भनिन् ।

उनले सबै अपराधको प्रकृति र गम्भीरता एउटै नहुने भन्दै अपराधको गम्भीरताका आधारमा सजायको व्यवस्था हुनुपर्ने बताइन्।

उनले भनिन्,‘सबै अपराधको प्रकृति र गम्भीरता एउटै हुँदैन। एउटा पकेटमार र बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन मिल्दैन।’

क्षेत्रीले प्रमाणित बलात्कारी तथा जघन्य महिला हिंसाका अपराधीलाई कडा कानुनी सजायको व्यवस्था गर्न माग गरिन्। यस्तो सजायले अपराध गर्ने सोच नै जन्मिन नदिने गरी कानुन बलियो बनाउनुपर्ने उनको भनाइ थियो।

प्रकाशित समय : १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु