गृहपृष्ठ ‘जदौ’ असोज ९ मा रिलिज हुने, टिजर सार्वजनिक

‘जदौ’ असोज ९ मा रिलिज हुने, टिजर सार्वजनिक

‘जदौ’ असोज ९ मा रिलिज हुने, टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘जदौ’को टिजर सार्वजनिक गरिएको छ । हाइटेक इन्टरटेन्मेन्टमार्फत सार्वजनिक टिजरमा नयाँ पुस्ताका युवायुवतीको त्रिकोणात्मक प्रेमका साथमा अभिभावकबीचको विबाद समेत समेटिएको छ ।

अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्मको टिजरले अभिनेता प्रभातपाल ठकुरीको अभिनेत्री नीति शाह र राजश्री थापाबीच प्रेमप्रसंग रहेको आभाष गराएको छ भने अभिभावक पुस्ताको प्रतिनिधित्व अभिनेता मुकुन भुसाल र अभिनेत्री ऋचा शर्माले गरेका छन् ।

असोज ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने ‘जदौ’ लाई अन्तरजातीय प्रेमजोडीको सामाजिक कथाका रुपमा बताइँदै आइएको छ । नेपाली समाजमा ब्याप्त जातसम्बन्धी विभेदकारी व्यवहारले उत्पन्न समस्या र त्यसको निराकरणको लागि चालिएको पाइलालाई सजीव ढङ्गले प्रस्तुत गरिएको निर्देशक अन्जन शर्माले बताएका छन् । लेखक समेत रहेका अर्का निर्देशक काजी लिम्बूले फिल्ममा भरपुर मनोरञ्जनका साथमा जातीय भेदभाव र असमानताको खाडल पुर्न मननीय सन्देश उजागर गरिएको उल्लेख गरेका छन् ।

प्रकाशित समय : ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु