गृहपृष्ठ सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु

सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु

सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु

मलङ्गवा नगरपालिका–८ स्थित नेपाल बैंक चोक नजिकै ट्रयाक्टरको ठक्करबाट पैदलयात्रा गरिरहेकी गोडैता नगरपालिका–५, की २० वर्षीया गुरियाकुमारी गुप्ताको मृत्यु भएको हो ।नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज१त ५२४६ नम्बरको ट्रयाक्टरले गुप्तालाई ठक्कर दिएको थियो ।लगत्तै उनलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।युवतीको शव परीक्षणको लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनालगत्तै ट्रयाक्टर चालक गोडैता नगरपालिका–११ का १७ वर्षीय अजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले प्रहरी नायब उपरीक्षक गौतमले बताए । मृतक युवती मलङ्गवास्थित सर्लाही क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्यनरत थिइन् ।

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु