गृहपृष्ठ रास्वपा को प्रबक्तामा खरेल नियुक्त

रास्वपा को प्रबक्तामा खरेल नियुक्त

रास्वपा को प्रबक्तामा खरेल नियुक्त

– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश खरेललाई पार्टीको प्रवक्ता बनाएका छन्। उनका विश्वास पात्र प्रमोद न्यौपानेलाई संगठन विभागमा लगेर जगदीशलाई पार्टी प्रवक्ता बनाएका हुन्।

शुक्रबार केही पदाधिकारी मनोनित गर्दै यो निर्णय गरिएको हो, जसमा कोषाध्यक्ष लिमा अधिकारीको सट्टा डा. मनोहर प्रधान छनोट भएका छन् ।

सह-कोषाध्यक्षमा यसअगाडिकी बसुमाया तामाङ यथावत रहँदा जेन-जी पुरुषोत्तम यादवले सह महामन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रकाशित समय : १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु