गृहपृष्ठ सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा  सुन तोलामा रु एक हजार छ सयले बढेको छ भने चाँदी ६० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ७७० कायम भएको छ । आइतबार  छापावाल सुन प्रतितोला तीन लाख पाँच हजार २०० र चाँदीको  मूल्य चार हजार ७१० कायम भएको थियो ।

प्रकाशित समय : १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु