गृहपृष्ठ अमेरिकी सेनाको हेलिकप्टर टेक्सासमा दुर्घटना दुई सैनिकको मृत्यु

अमेरिकी सेनाको हेलिकप्टर टेक्सासमा दुर्घटना दुई सैनिकको मृत्यु

अमेरिकी सेनाको हेलिकप्टर टेक्सासमा दुर्घटना दुई सैनिकको मृत्यु

अमेरिक सेनाको एएच–६४ अपाचे आक्रमण हेलिकप्टर मध्य टेक्सासको सालाडो नजिकैको खेतमा दुर्घटनाग्रस्त हुँदा दुई जना अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ ।

सेनाले दुर्घटनामा हेलिकप्टरमा सवार दुवै सैनिकको मृत्यु भएको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सेनाले मृतक सेनाका सदस्यहरूलाई थप समीक्षाका लागि फोर्ट हुडको कार्ल आर डार्नल आर्मी मेडिकल सेन्टरमा लगिएको बताएको छ ।

क्याभलरी डिभिजनका कार्यवाहक कमान्डिङ जनरल ब्रिगेडियर जनरल इथान डिभेनले यस अविश्वसनीय कठिन समयमा परिवार, साथीहरूप्रति सहनुभुति व्यक्त गर्दै मृत आत्माप्रति श्रदाञ्जलि व्यक्त गरेका छन् । काउन्टी शेरिफको कार्यालयलाई उद्धृत गर्दै सिएनएनले स्यालाडो नजिकैको खेतमा उक्त हेलिकप्टर दुर्घटना भएको रिपोर्ट गरेको छ ।

सिएनएनका अनुसार दुर्घटनाका कारण यस क्षेत्रको ठुलो घाँसे मैदानमा आगलागी भएको थियो भने अधिकारीहरूले दुर्घटना हुँदा हेलिकप्टरले कुनै संरचना वा अन्य मानिसहरूलाई प्रहार नगरेको बताएका छ्रन ।

एएच–६४ अपाचे दुई सिटको आक्रमणकारी हेलिकप्टर हो । यसमा पाइलट सह–पाइलट मात्र रहन्छन् । सन् १९८० को दशकमा यसको थालनी भएदेखि नै यो विमानलाई अमेरिकी सेनाको आक्रमणकारी हेलिकप्टरको प्रमुख यन्त्र बनेको जनाइएको छ ।

हालसम्म दुर्घटनाको कारण थाहा हुन नसकेको जनाइएको छ ।

टेक्सासका गभर्नर ग्रेग एबटले पनि दुर्घटनामा दुई सैनिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत मृतक सैनिकका परिवार र फोर्ट हुड समुदायप्रति समवेदना व्यक्त गर्दै आफू र श्रीमती सिसिलियाले उनीहरूका लागि प्रार्थना गरिरहेको बताएको छन् ।

गभर्नर एबटले टेक्सास तथा अमेरिकाको सेवामा समर्पित सैनिकप्रति राज्य सदैव ऋणी रहने उल्लेख गरेको छन् । उनले फोर्ट हुडको सैन्य कारबाहीका क्रममा बेल काउन्टीमा अपाचे हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा दुई सैनिकको ज्यान गएको घटनालाई दुःखद भएको बताएको हुन् ।

फोर्ट हुडले लागू कानून तथा नियमअनुसार अनुसन्धानबाट थप जानकारी प्राप्त हुँदै गएपछि आफ्नो सञ्चारमाध्यम केन्द्रमार्फत घटनासम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गर्दै जाने जनाएको छ । घटनाको अनुसन्धान जारी रहेकाले दुर्घटनाको कारण र मृतक सैनिकको पहिचानबारे थप विवरण पछि सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु