गृहपृष्ठ राष्ट्रपति ट्रम्पका पूर्व वकिल ब्लान्श अमेरिकाको महान्यायाधिवक्तामा अनुमोदित

राष्ट्रपति ट्रम्पका पूर्व वकिल ब्लान्श अमेरिकाको महान्यायाधिवक्तामा अनुमोदित

राष्ट्रपति ट्रम्पका पूर्व वकिल ब्लान्श अमेरिकाको महान्यायाधिवक्तामा अनुमोदित

अमेरिकी सिनेटले शनिबार टड ब्लान्शलाई ५०–४९ मतको साँघुरो अन्तरले महान्यायाधिवक्ताको पदमा नियुक्तिको अनुमोदन गरेको छ।

यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व निजी वकिललाई न्याय विभागको औपचारिक नेतृत्व मिलेको छ । ब्लान्शले अप्रिलमा ट्रम्पद्वारा पाम बोन्डीलाई शीर्ष पदबाट हटाएपछि कार्यवाहक महान्यायाधिवक्ताका रूपमा विभागको नेतृत्व गरिरहेका थिए ।

उहाँको नियुक्ति लामो र तीब्र राजनीतिक सङ्घर्षपछि भएको हो ।

यसैबीच डेमोक्र्याटिक पार्टीसँगै केही रिपब्लिकन सांसदहरूले पनि यस्तो प्रमुख विभागको नेतृत्व राष्ट्रपतिको नजिकको व्यक्तिलाई सुम्पनुपर्दा चिन्ता व्यक्त गरेका छन् । अमेरिकामा महान्यायाधिवक्ताको स्वतन्त्रतालाई लामो समयदेखि महत्वपूर्ण मानिँदै आएको छ ।

ब्लान्शको नियुक्ति अनुमोदन न्यूनतम अन्तर अर्थात् एक मतको अन्तरले भएको हो । रिपब्लिकन सिनेटर सुसान कोलिन्स र अलास्काकी सिनेटर लिसा मुर्कोव्स्कीले आफ्नो पार्टीभन्दा फरक धार अपनाउँदै उहाँको विरुद्ध मतदान गरेका थिए।

ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि ब्लान्शले न्याय विभागको पुनर्गठनमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले विभागका प्राथमिकताहरूलाई राष्ट्रपतिको नीतिअनुरूप बनाउने दिशामा काम गरेका आरोप लाग्ने गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको मागअनुसार नागरिकताको प्रमाणसँग जोडिएको कडा मतदान विधेयक पारित नगरिकन अमेरिकी सिनेटका सांसदहरू शनिबार बिहानै सदनबाट हिँडेका थिए ।

यससँगै हालैका केही दिनदेखि चलिरहेको गतिरोध अन्त्य भएको छ। सिनेटले रातभर चलेको मतदान प्रक्रियामा धेरै महत्वपूर्ण विधेयक र प्रस्तावहरूलाई स्वीकृति दिएको छ, तर ट्रम्पको प्राथमिकतामा रहेको ‘सेभ अमेरिका एक्ट’लाई भने अगाडि बढाएको छैन । रासस

प्रकाशित समय : २०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु