गृहपृष्ठ क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर

क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर

क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालभर विभिन्न पदमा १०० भन्दा बढी कर्मचारी माग गरेको छ। कम्पनीले सेवा विस्तार र ग्राहक सेवा थप प्रभावकारी बनाउने उद्देश्यले योग्य तथा ऊर्जाशील उम्मेदवारबाट आवेदन आह्वान गरेको हो।

कम्पनीका अनुसार फाइबर इन्जिनियर, फाइबर लिड, फिल्ड सपोर्टलगायत विभिन्न पदमा कर्मचारी आवश्यक छन्। रोजगारीका लागि नेपालभरका विभिन्न शाखामा कार्य गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

कम्पनीमा काम गर्ने कर्मचारीले मासिक ३० हजार रुपैयाँसम्म तलब, ओभरटाइम सुविधा, सीयूजी सिमकार्ड तथा कार्यसम्पादनका आधारमा करिअर ग्रोथको अवसर पाउनेछन्। त्यस्तै, कम्पनीले आवश्यक तालिम तथा सिकाइका अवसरसमेत उपलब्ध गराउने जनाएको छ।

इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा career@classic.com.np मा पठाउन सक्नेछन्। त्यसैगरी क्लासिक टेकको आधिकारिक वेबसाइट वा नजिकको शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीले इच्छुक तथा योग्य उम्मेदवारलाई समयमै आवेदन दिन आग्रह गरेको छ।

प्रकाशित समय : १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु