गृहपृष्ठ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण एक जना बच्चासहित तीन जनाको मृत्यु भएको क्षेत्रीय सैन्य अधिकारीले शनिबार जानकारी दिएको छन भने किएभले प्रति आक्रमणमा ब्यालेस्टिक मिसाइलको प्रक्षेपण गर्ने चेतावनी दिएको छ ।

पछिल्लो समयमा मस्कोले युक्रेनका विभिन्न क्षेत्रमा आफ्ना आक्रमणहरू उल्लेखनीय रूपमा बढाएको जनाइएको छ, ।

किएभको उत्तरपूर्वी ब्रोभरी जिल्लामा भएको रूसी आक्रमणमा पिडितहरुको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले टेलिग्राम मार्फत जनाएको छन् ।

आक्रमणका कारण खसेको भग्नावशेषले घर तथा सवारी साधनमा क्षति पुगेको र गैर आवासीय भवनमा आगलागी भएको उनले बताएको छन् ।

युक्रेनको आपतकालीन सेवाले पुखिभ्का गाउँमा भएको रूसी आक्रमणले एउटा दुई तले घर र दुई वटा कार क्षेतिग्रस्त हुनुका साथै गोदाममा आगलागी भएको उल्लेख गर्दै आगो बलिरहेको भवनको फोटो सार्वाजनिक गरेको छ ।

युक्रेनको वायुसेनाले उत्तरबाट ब्यालेस्टिक हतियार प्रयोगको खतरा बारे चेतावनी दिँदै गर्दा राजधानीमा विस्पोट भएको एएफपीले जनाएको छ ।

सहरमा रातभर भएको आक्रमणमा चार जना घाइते भएको किएभको सैन्य प्रशासनले टेलिग्राम मार्फत जनाएको छ ।

आक्रमणमा ब्यालेस्टिक मिसाइलको प्रयोगका कारण किएभमा हवाई आक्रमणको चेतावनी घोषणा गरिएको छ भने स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको थियो ।रासस

 

प्रकाशित समय : १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु