गृहपृष्ठ एनओसीद्वारा टेक्निकल अफिसर समसुद्दिनको विदाइ

एनओसीद्वारा टेक्निकल अफिसर समसुद्दिनको विदाइ

एनओसीद्वारा टेक्निकल अफिसर समसुद्दिनको विदाइ

काठमाडौँ । उज्बेकिस्तानको तासकेन्टमा हुने एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा इन्टरनेसनल टेक्निकल अफिसरको भूमिका निर्वाह गर्न सिद्दिकी समसुद्दिन त्यसतर्फ प्रस्थान गर्ने भएको छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले सिद्दिकीलाई आज सफलताको शुभकामना दिँदै बिदाइ गरे । प्रतियोगिता यही साउन २२ देखि २९ गतेसम्म हुँदैछ ।

एनओसी अध्यक्ष श्रेष्ठले टेक्लिनल अफिसरहरू खेलकुदको महत्त्वपूर्ण खम्बा भएको बताए । “खेलाडीहरू सबैको केन्द्रमा रहन्छन् तर खेलकुदको विकासमा प्राविधिक जनशक्तिहरू टेक्निकल अफिसर, रेफ्री, प्रशिक्षक, मेनेजर र अन्य सहयोगीको पनि उत्तिकै भूमिका रहेको हुन्छ”, अध्यक्ष श्रेष्ठले भने ।

उनले नेपाल भारोत्तोलन सङ्घको निरन्तर प्रयासले नेपालका टेक्निकल अफिसियलहरूले लगातार अन्तरराष्ट्रियस्तरमा आफ्नो क्षमता देखाउन सफल भइरहेको बताए ।

प्रकाशित समय : १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु