गृहपृष्ठ बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605

काठमाडौँ। धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई मङ्गलबार पक्राउ गरिएको छ ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै रु सात लाख ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ । पीडितको उजुरीका आधारमा काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरिएको हो ।

निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु