काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उच्च प्रविधिमा प्रयोग हुने दुर्लभ पृथ्वी खनिजको आपूर्ति सुरक्षित गर्ने

2.71K
shares

रणनीतिअन्तर्गत जापानले आगामी फेब्रुअरीमा प्रशान्त महासागरको करिब छ हजार मिटर गहिराइमा पूर्णस्तरको समुद्री खनन परीक्षण गर्ने भएको छ । हालै समुद्री सतहबाट सफलतापूर्वक नमूना सङ्कलन भएपछि सरकारले यो योजना सार्वजनिक गरेको हो ।

जापानी प्रधानमन्त्री साने ताकाइचीले यस वर्षको सुरुमा मिनामी तोरिशिमा टापुनजिक गहिरो समुद्री ड्रिलिङ जहाजबाट ल्याइएका नमूनामा यट्रियम फेला परेको जानकारी दिनुभएको छ । उहाँका अनुसार यट्रियम विश्वमै दुर्लभ मानिने खनिज हो । यसको प्रयोग अर्धचालक ९सेमिकन्डक्टर० उत्पादन उपकरण, मोटर वाहन उद्योग तथा प्रदूषण नियन्त्रण प्रविधिमा व्यापक रूपमा हुने भएकाले जापानका लागि यसको रणनीतिक महत्त्व उच्च रहेको छ ।

प्रधानमन्त्री ताकाइचीले यही उपलब्धिका आधारमा अर्को वर्ष फेब्रुअरीमा पूर्णस्तरको समुद्री खनन परीक्षण गरिने बताए । साथै कुनै एक देशमा अत्यधिक निर्भरता घटाउन सरकार र निजी क्षेत्रको संयुक्त सहभागितामा दुर्लभ खनिजको आपूर्ति शृङ्खला थप सुदृढ बनाइने उहाँले उल्लेख गरे् ।

जापान एजेन्सी फर मरीन–अर्थ साइन्स एन्ड टेक्नोलोजी ९ज्यामस्टेक० का अनुसार समुद्री सतहबाट सङ्कलन गरिएको करिब ५० टन नमूनामा यट्रियमसँगै ग्याडोलिनियम र डिस्प्रोसियमजस्ता अन्य दुर्लभ पृथ्वी तत्त्व पनि भेटिएका छन् ।

जापान, संयुक्त राज्य अमेरिका तथा अन्य केही मुलुकले मिसाइल, अर्धचालक, विद्युतीय सवारीसाधन र पवन टर्बाइनजस्ता उच्च प्रविधिका उत्पादनमा आवश्यक पर्ने दुर्लभ खनिजका लागि चीनमाथिको निर्भरता कम गर्ने प्रयास गरिरहेका छन् ।

मार्चमा प्रधानमन्त्री ताकाइचीले मिनामी तोरिशिमा क्षेत्रको सम्भावित समुद्री खानी विकासका विषयमा संयुक्त राज्य अमेरिकासँग सहकार्यबारे छलफल भइरहेको जानकारी दिनुभएको थियो । टोकियोबाट करिब दुई हजार किलोमिटर टाढा रहेको उक्त प्रवाल टापु वरपरका समुद्री सतहमा लाखौँ टन दुर्लभ पृथ्वी खनिज रहेको र त्यसले केही खनिजको माग सयौँ वर्षसम्म धान्न सक्ने अघिल्ला अध्ययनहरूले देखाएका छन् ।

यद्यपि वातावरण संरक्षणका पक्षधरहरूले गहिरो समुद्री खननले समुद्री जैविक प्रणालीमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार विश्वको दुर्लभ पृथ्वी खनिज उत्पादनको करिब दुई तिहाइ तथा प्रशोधित उत्पादनको ९२ प्रतिशत हिस्सा चीनले ओगटेको छ । ताइवानसम्बन्धी प्रधानमन्त्री ताकाइचीको अभिव्यक्तिपछि बेइजिङसँग सम्बन्ध चिसिँदा चीनले जापानतर्फ हुने दुर्लभ खनिज आपूर्तिमा कडा प्रतिबन्ध लगाएको थियो ।

जापानी अधिकारीहरूले मिनामी तोरिशिमा क्षेत्रमा सम्भावित आणविक फोहोर व्यवस्थापनस्थलका रूपमा पनि प्रारम्भिक अध्ययन अघि बढाउने योजना रहेको बताएका छन् । उक्त टापुमा स्थायी बस्ती छैन र सर्वसाधारण तथा पर्यटकका लागि प्रवेश निषेध गरिएको छ ।
रासस