गृहपृष्ठ आजको राशिफलः बिसं २०८३ साउन १ गते शुक्रबार
आजको राशिफलः बिसं २०८३ साउन १ गते शुक्रबार
काठमाडौं। आज बिसं २०८३ साउन १ गते शुक्रबार (ईस्वी सन् २०२६ जुलाई १७) हो। आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन तथा दक्षिणायन आरम्भ हुने विशेष दिन पनि हो।
आज व्यतिपात योग, गर करण, मघा नक्षत्र रहेको छ। चन्द्रमा सिंह राशिमा र सूर्य मिथुन राशिमा रहेका छन्। नेपालमा आज सूर्योदय बिहान ५ः२० बजे र सूर्यास्त साँझ ६ः५९ बजे हुनेछ।
महत्त्वपूर्ण कार्यका लागि घरबाट निस्कँदा पञ्चामृत ग्रहण गरी यात्रा गर्दा शुभ मानिएको छ। शुभ कार्य प्रारम्भ वा यात्राका लागि बिहान ६ः२३ बजेदेखि ९ः५४ बजेसम्मको समय उत्तम रहनेछ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गोपनीय कुरा बाहिरिन सक्ने भएकाले सतर्क रहनुहोस्। विगतका केही कमजोरीले मानसिक तनाव बढ्न सक्छ। घुमघामको योजना बने पनि परिस्थितिले रोक्न सक्छ। काममा मन कम लागे पनि आध्यात्मिक विषयप्रति आकर्षण बढ्नेछ। अप्रत्याशित रूपमा आर्थिक लाभ हुने सम्भावना छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बहस र प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना भए पनि विपक्षी बलिया देखिन्छन्। सोचेर बोले राम्रो हुन्छ। मेहनतको प्रतिफल प्राप्त हुनेछ र प्रभाव बढ्नेछ। हतार नगर्नुहोस्। अनावश्यक चिन्ताले मन अशान्त बनाउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन, सीप र ज्ञानबाट प्रगति हुने दिन हो। गुरु तथा वरिष्ठको सहयोगले आत्मविश्वास बढ्नेछ। प्रेमभाव बढ्न सक्ने भए पनि भावनामा नियन्त्रण आवश्यक छ। बुद्धिको सही प्रयोगले अतिरिक्त आम्दानी हुन सक्छ। तालिम वा उच्च अध्ययनको अवसर मिल्ने सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सरल व्यवहारले सफलता दिलाउनेछ। महत्त्वपूर्ण निर्णय लिनका लागि अनुकूल समय छ। कार्यक्षेत्रमा सफलता मिल्नेछ भने परिवार र जीवनसाथीको चाहना पनि ध्यान दिनुपर्छ। भेटघाट, मनोरञ्जन र घुमघामको अवसर जुट्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक वातावरण सुखद रहनेछ। साथीभाइसँग भेटघाट र नयाँ योजना बन्ने सम्भावना छ। खेलकुद तथा स्वास्थ्यप्रति रुचि बढ्नेछ। दाजुभाइ वा छिमेकीसँग सहयोग आदानप्रदान हुनेछ। व्यवसाय र व्यक्तिगत प्रतिष्ठा बढाउने प्रयास सफल हुने संकेत छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कला, साहित्य र अभिव्यक्तिका क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। आर्थिक अवस्था मजबुत रहनेछ र आम्दानीका स्रोत विस्तार हुन सक्छन्। बोली र व्यवहारको प्रशंसा हुनेछ। पारिवारिक वातावरण पनि सुखद रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
इच्छा पूरा हुने दिन छ। विशिष्ट व्यक्तिसँग भेटघाट वा नयाँ सम्बन्ध बन्न सक्छ। व्यापारमा प्रगति हुनेछ। हिसाबकिताब मिलाएर अघि बढ्दा थप लाभ मिल्नेछ। जीवनसाथीसँग सानो यात्रा वा रमाइलो समय बिताउने अवसर मिल्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ सम्झौता वा करारबाट आर्थिक लाभ मिल्न सक्छ। जग्गा, पेट्रोलियम, प्लास्टिक वा सञ्चारसँग सम्बन्धित क्षेत्रमा फाइदा हुने संकेत छन्। दाम्पत्य जीवन सुखद रहनेछ। करियर र उच्च शिक्षासम्बन्धी योजना बनाउन उपयुक्त दिन हो।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ काम सुरु गर्न अनुकूल समय छ। बोनस वा अतिरिक्त आम्दानीले उत्साह बढ्नेछ। प्रेम सम्बन्ध अझ मजबुत बन्नेछ र उपहार प्राप्त हुने सम्भावना छ। अप्रत्याशित लाभ मिल्न सक्छ। परिवारका सदस्यको चाहना पूरा गर्न खर्च बढ्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक पक्षले केही चुनौती दिन सक्छ। ठूलो अपेक्षा नराखी धैर्यपूर्वक अघि बढ्नु उचित हुनेछ। पुराना समस्या समाधानमा समय खर्चिनुपर्नेछ। जिम्मेवारी बढ्ने भएकाले व्यस्तता रहनेछ। साँझतिर मन केही भावुक बन्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जनसम्पर्क र नेटवर्क विस्तारबाट आम्दानी बढ्ने सम्भावना छ। शेयर वा स्थिर सम्पत्तिमा सोचविचार गरेर लगानी गर्न सकिन्छ। सामाजिक गतिविधिमा सहभागिता बढ्नेछ। ज्ञान र दार्शनिक सोच विस्तार हुने दिन भएकाले गुरु तथा साथीहरूसँगको छलफल फलदायी हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विश्वास गरेका व्यक्तिबाट गोपनीयता भंग हुन सक्ने भएकाले सावधानी अपनाउनुहोस्। परिवारमा नयाँ सदस्य वा पाहुनाको आगमन हुन सक्छ। मेहनतले लक्ष्य नजिक पुर्याउनेछ। साझेदारीका काममा दौडधुप बढे पनि आर्थिक सन्तुलन भने कायम रहनेछ।
प्रकाशित समय : ०६:०२ बजे



















