global ime bank Long Banner Ad

गृहपृष्ठ केबीएनआर इस्वा पावरको आईपीओमा ज्योति क्यापिटल नियुक्त

केबीएनआर इस्वा पावरको आईपीओमा ज्योति क्यापिटल नियुक्त

केबीएनआर इस्वा पावरको आईपीओमा ज्योति क्यापिटल नियुक्त

काठमाडौं। केबीएनआर इस्वा पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको साधारण शेयर (आईपीओ)को प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ।

कम्पनीले १ करोड १९ लाख कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्ने तयारी गरेको छ। कुल १ अर्ब १९ करोड रुपैयाँ बराबरको उक्त आईपीओको प्रत्याभुतिसम्बन्धी सम्झौतामा केबीएनआर इस्वा पावर र ज्योति क्यापिटलबीच हस्ताक्षर भएको हो।

काठमाडौंको कमलपोखरीस्थित ज्योति क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र केबीएनआर इस्वा पावरका प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

ज्योति विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति प्राप्त गरी धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति तथा शेयर रजिष्ट्रारलगायतका सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित समय : १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु