global ime bank Long Banner Ad

गृहपृष्ठ बैतडी प्रशासनको नयाँ व्यवस्थाः एक घण्टामै सेवा

बैतडी प्रशासनको नयाँ व्यवस्थाः एक घण्टामै सेवा

बैतडी प्रशासनको नयाँ व्यवस्थाः एक घण्टामै सेवा

दशरथचन्द ।जिल्ला प्रशासन कार्यालयले कार्यालयमा प्रवेश गरेको एक घण्टाभित्रै सेवा प्रदान गर्ने व्यवस्था लागू गर्ने भएको छ । यसका लागि कार्यालयले साउन १ गतेदेखि ‘वन आवर सर्भिस’ सुरु गर्न लागेको हो ।

प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा कार्यालयमा प्रवेश गरेको एक घण्टाभित्रै उपलब्ध गराइनेछ ।

सेवा प्रवाहलाई छिटो, सहज, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले ‘वन आवर सर्भिस’ लागू गर्न लागिएको उनले बताए । सेवाग्राहीलाई एक घण्टाभित्रै सेवा उपलब्ध गराउने सुनिश्चितता गरिएको पनि प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार साउन १ गते ‘वन आवर सर्भिस’को औपचारिक घोषणा गरिनेछ । यसबाट सेवाग्राहीले प्रशासनिक सेवा लिन लामो समय प्रतीक्षा गर्नुपर्ने छैन ।

प्रकाशित समय : १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु