काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

परराष्ट्रमन्त्री र बेलायतका रक्षा राज्यमन्त्रीबीच भर्चुअल बैठक

2.1K
shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री ड्यान जार्भिस एमबीईबीच आज भर्चुअल बैठक भएको छ ।

बैठकमा बेलायती गोर्खासम्बन्धी लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरूका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्त्वलाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासाहरूको दुवै पक्षलाई स्वीकार्य हुने समाधान यथाशीघ्र खोजिनुपर्ने आवश्यकता औंल्याएका थिए।

मन्त्री खनालले बेलायती गोर्खाहरूले गरेको त्याग र बलिदानप्रति सम्मान तथा सहानुभूतिको दृष्टिकोणबाट उनीहरूका मागहरू सम्बोधन गर्न बेलायती सरकारसँग अनुरोध गरेका थिए । साथै, उनले यस विषयको समाधानका लागि नेपाल सरकार रचनात्मक तथा सहकार्यपूर्ण भूमिकामा रहन तयार रहेको धारणा व्यक्त गरे।

रक्षा राज्यमन्त्री जार्भिसले बेलायती गोर्खाहरू बेलायती सेनाको अभिन्न अङ्ग भएको उल्लेख गर्दै यस विषयको समाधान यथाशीघ्र गर्नु बेलायत सरकारको प्राथमिकतामा रहेको बताएका थिए।

बैठकमा परराष्ट्र मन्त्रालयका युरोप महाशाखाका प्रमुख गणेशप्रसाद ढकाल तथा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो। उक्त बैठक काठमाडौंस्थित बेलायती दूतावासको समन्वय र सहजीकरणमा सम्पन्न भएको हो।