global ime bank Long Banner Ad

गृहपृष्ठ टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा

टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा

टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा

तुलसीपुर। जिल्लाको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यमा परेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरेकामा नियमित हवाई उडान नहुँदा डिपो सञ्चालनमा समस्या भएको हो ।

कार्यालयका लेखा अधिकृत कैलाश देवकोटाका अनुसार गत वैशाखमा एक हजार लिटर मात्रै इन्धन बिक्री भएको थियो भने जेठमा ६६० लिटर र असारको अहिलेसम्म ८३४ लिटर इन्धन बिक्री भएको छ । आर्थिक वर्ष २०८१र८२ मा १७ हजार ९०९ लिटर बिक्री भएको थियो । चालु आवमा ३४ हजार ३४ लिटर बिक्री भएको जनाउँदै उनले मासिक बिक्रीदर दुई हजार ८४६ लिटर रहेको बताए ।

नियमित उडान भएमा इन्धन बिक्री दर बढ्ने हुँदा डिपोको आम्दानी हुने बताउँदै लेखा अधिकृत देवकोटाले भन्नुभयो, “सातामा चार दिन जहाज आउने भनिए पनि कहिल्यै दुई दिन मात्रै आउने, कुनै साता नआउने समस्या छ ।” उजका अनुसार हाल इन्धनको मूल्य प्रतिलिटर २६९ पर्दछ ।

प्रकाशित समय : १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु