global ime bank Long Banner Ad

गृहपृष्ठ गोडैता नगर अस्पताल सञ्चालनका लागि स्वास्थ्य सामग्री उपलब्ध गराउन मन्त्रालयसँग आग्रह

गोडैता नगर अस्पताल सञ्चालनका लागि स्वास्थ्य सामग्री उपलब्ध गराउन मन्त्रालयसँग आग्रह

गोडैता नगर अस्पताल सञ्चालनका लागि स्वास्थ्य सामग्री उपलब्ध गराउन मन्त्रालयसँग आग्रह

सर्लाही। सर्लाहीको गोडैता नगरपालिकाले नवनिर्मित गोडैता नगर अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेको छ।

शुक्रबार गोडैता नगरपालिकाका नगर प्रमुख देबेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई मन्त्रालयमै भेटेर आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइदिन आग्रह पत्र बुझाएका हुन्। नगर प्रमुख यादवले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, औषधि तथा अन्य स्वास्थ्य सामग्रीको व्यवस्था गरिदिन मन्त्रालयसमक्ष अनुरोध गरेका थिए।

आग्रह पत्र बुझ्दै मन्त्री मेहताले आवश्यक प्रक्रिया पूरा गरी केही समयभित्र अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने आश्वासन दिएको नगर प्रमुख यादवले नेपाल न्यूज बैंकसँग बताए।

गोडैता नगरपालिकाको वडा नम्बर ३ सिमरा भगवतिपुरमा निर्माण सम्पन्न भएको १५ शैयाको गोडैता नगर अस्पताल गत असार १० गते उद्घाटन गरिएको थियो। अस्पताल सञ्चालनमा आएपछि नगरवासीले आफ्नै पालिकाबाट आधारभूत तथा प्राथमिक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

नगरपालिकाले अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक स्वास्थ्य सामग्री, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि संघीय र प्रदेश सरकारसँग निरन्तर समन्वय र पहल गरिरहेको जनाएको छ।

प्रकाशित समय : ०७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु