global ime bank Long Banner Ad

गृहपृष्ठ कामना सेवा विकास बैंकले फेरि बिक्रीमा ल्यायो संस्थापक सेयर

कामना सेवा विकास बैंकले फेरि बिक्रीमा ल्यायो संस्थापक सेयर

कामना सेवा विकास बैंकले फेरि बिक्रीमा ल्यायो संस्थापक सेयर

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको ५ हजार कित्ता सेयर बिक्री प्रक्रिया सुरु गरेको छ। बैंकले उक्त सेयर खरिदका लागि हाल कायम रहेका संस्थापक सेयरधनीहरूबाट आवेदन आह्वान गरेको हो।

बैंकका अनुसार बिक्रीमा राखिएको संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिँदा खरिद गर्न चाहेको सेयर संख्या स्पष्ट रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ।

इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा तोकिएको अवधिभित्र निवेदन पेश गर्न सक्ने बैंकले जनाएको छ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट प्राप्त आवेदनका आधारमा प्रचलित व्यवस्था अनुसार सेयर हस्तान्तरण प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

प्रकाशित समय : १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु