global ime bank Long Banner Ad

गृहपृष्ठ भन्सार सुधार र व्यापार सहजीकरणका लागि नेपाललाई एडिबीको ५ करोड डलर ऋण सहायता

भन्सार सुधार र व्यापार सहजीकरणका लागि नेपाललाई एडिबीको ५ करोड डलर ऋण सहायता

भन्सार सुधार र व्यापार सहजीकरणका लागि नेपाललाई एडिबीको ५ करोड डलर ऋण सहायता

काठमाडौ । नेपालको भन्सार प्रणालीलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले एसियाली विकास बैंक (एडिबी) ले ५ करोड अमेरिकी डलरबराबरको नीतिगत ऋण सहायता स्वीकृत गरेको छ। उक्त सहयोगले व्यापार सहजीकरण, आपूर्ति व्यवस्थाको सुधार तथा रोजगारी सिर्जनामा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

एडिबीले जारी गरेको विज्ञप्तिअनुसार यो ऋण ‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग ९सासेक० भन्सार तथा आपूर्ति व्यवस्था सुधार कार्यक्रम’ अन्तर्गत प्रदान गरिएको हो। कार्यक्रममार्फत भन्सार प्रशासनको आधुनिकीकरणसँगै आपूर्ति शृङ्खलाको दक्षता अभिवृद्धिमा जोड दिइनेछ।

कार्यक्रमअन्तर्गत जोखिममा आधारित जाँच प्रणालीको कार्यान्वयन, भन्सार प्रक्रियाको सरलीकरण, पूर्वाधार विस्तार, नियामकीय सुधार तथा सम्बन्धित निकायहरूबीचको समन्वयलाई सुदृढ बनाउने योजना रहेको छ। एडिबीका अनुसार यी सुधारहरूले व्यापार लागत घटाउने, सीमापार व्यापारलाई छरितो र पूर्वानुमानयोग्य बनाउने तथा समग्र आपूर्ति प्रणालीको कार्यक्षमता बढाउनेछन्।

नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वाँले नेपालको आर्थिक रूपान्तरण तथा क्षेत्रीय बजारसँगको एकीकरणका लागि प्रभावकारी भन्सार र आपूर्ति प्रणाली आवश्यक रहेको बताएका छन्। उनका अनुसार कार्यक्रमले व्यापारिक वातावरणमा सुधार ल्याउनुका साथै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, लगानी आकर्षण र गुणस्तरीय रोजगारी सिर्जनामा समेत सहयोग गर्नेछ।

एडिबीले यो कार्यक्रम नेपालको सोह्रौँ योजनाका प्राथमिकतासँग मेल खाने तथा निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि र अर्थतन्त्रको विविधीकरणलाई समेत टेवा पु-याउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित समय : १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु