global ime bank Long Banner Ad

गृहपृष्ठ यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

यूनाइटेड अजोडले पुनः लिलामीमा ल्यायो ६३ हजार बढी संस्थापक सेयर

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले पहिलो चरणको लिलामीमा बिक्री हुन नसकेको संस्थापक समूहको सेयर पुनः बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले ६३ हजार ८४७ कित्ता संस्थापक सेयर आगामी असार २५ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याउने जनाएको हो।

कम्पनीका अनुसार यसअघि जेठ २९ गतेदेखि असार ८ गतेसम्म अवितरित हकप्रद सेयर लिलामीमा राखिएको थियो। तर, संस्थापक समूहअन्तर्गतको उक्त सेयरमा आवेदन नपरेकाले पुनः बिक्री प्रक्रिया अघि बढाइएको हो।

उक्त सेयर खरिदका लागि व्यक्ति, कम्पनी तथा संघसंस्थासहित योग्य सबै लगानीकर्ताले आवेदन दिन सक्नेछन्। कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ। लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण सेयर संख्यासम्मका लागि बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र आवेदन लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी सनराइज बैंकका विभिन्न शाखा कार्यालय तथा विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर र धनगढीस्थित तोकिएका केन्द्रहरूबाट पेश गर्न सकिने कम्पनीले जनाएको छ। आवेदन दिने अन्तिम म्याद साउन १ गतेसम्म तोकिएको छ।

प्रकाशित समय : १२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु