global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

एजेन्सी । शक्तिशाली दुईवटा भूकम्पले भेनेजुएलामा ठूलो क्षति पुर्याएको छ । भवनहरू भत्किएका छन्, विद्युत् आपूर्ति अवरुद्ध भएको छ, सञ्चार सञ्जाल प्रभावित भएको छ, र हजारौं मानिसहरू सुरक्षित आश्रयस्थलतर्फ जान बाध्य भएका छन् ।

बुधबार ४० सेकेन्डको अन्तरमा आएका ७.२ र ७.५ रेक्टर स्केलका यी दुई भूकम्प पछिल्लो एक शताब्दीभन्दा बढी अवधिमा दक्षिण अमेरिकी देश भेनेजुएलामा आएका सबैभन्दा शक्तिशाली भूकम्प हुन्।

साथै, यी भूकम्प दशकौँयताकै सबैभन्दा धेरै मानवीय क्षति पु¥याउने भूकम्पका रूपमा दर्ज भएका छन्।

तटीय राज्य ला गुआइरा सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँको पूर्वाधार व्यापक रूपमा ध्वस्त भएको छ भने राजधानी काराकास र आसपासका राज्यहरूमा पनि ठूलो क्षति पुगेको छ ।

देशको मुख्य बन्दरगाह तथा राजधानी काराकासतर्फको प्रमुख प्रवेशद्वार रहेको ला गुआइरा राज्यमा एउटा व्यापारिक केन्द्र पूर्ण रूपमा ध्वस्त भएको छ। बेकरी, पसलहरू तथा आवासीय भवनहरू भग्नावशेषमा परिणत भएका छन्।

‘हामी सबै डरले बाहिर दौडियौं। परिवार र छिमेकीहरू यहाँ भेला भएका छन्, केही मानिसहरू टावर पछाडिको पार्किङ क्षेत्रमा छन्। सबैजना अझै बाहिरै बसेका छन्, फेरि केही हुन सक्ने डरले,’ एक प्रभावितले भने ।

अर्की स्थानीय बासिन्दा डायना लिनारेसले ‘डोल्फिन टावर’को ११औँ तलाबाट ज्यान जोगाएर भागेको क्षण सम्झिइन् ।

‘म आमा सँग ‘डोल्फिन टावर’को पहिलो भवनको ११औँ तलामा थिएँ। भूकम्प आएपछि हामी तुरुन्तै बाहिर निस्कन खोज्यौं। तर ढोका अड्किएको थियो, खुल्दै खुल्दैनथ्यो। आफ्नै हातले बल लगाएर ढोका खोलेर बल्ल बाहिर निस्कियौं र सिँढी हुँदै तल झर्यौं। यहाँ निकै ठूलो क्षति पुगेको छ। पर्खालहरू भत्किएका छन्। वास्तवमा, हामी त्यतिबेला मुस्किलले ज्यान बचाएर निस्किएका हौं,’ उनले भने ।

स्वास्थ्य मन्त्री कार्लोस अल्भाराडोले बिहीबार साँझ सरकारी टेलिभिजनमार्फत जानकारी दिँदै यी दुई भूकम्पका कारण कम्तीमा २३५ जनाको मृत्यु भएको र ४,३०० भन्दा बढी व्यक्ति घाइते भएको बताएका छन्।

भेनेजुएला सरकारले उद्धार तथा राहतका विभिन्न उपायहरू घोषणा गरेको छ भने अन्तर्राष्ट्रिय समुदायबाट पनि राहत सामग्री र सहयोग आउन थालेको छ। यद्यपि, स्थानीय बासिन्दाहरूले अझ धेरै सहयोग आवश्यक रहेको बताएका छन्।

प्रकाशित समय : १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु