global ime bank Long Banner Ad

गृहपृष्ठ कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गर्दै हेटौँडा उपमहानगर

कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गर्दै हेटौँडा उपमहानगर

कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गर्दै हेटौँडा उपमहानगर CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 75

बागमती । हेटौँडा उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका छाडा छोडिएका कुकुरको स्थायी बन्ध्याकरण शिविर तथा रेबिज रोगविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यही असार ८ गतेदेखि १० गतेसम्म हेटौँडाको थानभ¥याङस्थित प्रादेशिक कृषि थोक बजार केन्द्र परिसरमा शिविर सञ्चालन गर्न लागिएको उपमहानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिए ।

उहाँका अनुसार उपमहानगरको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार सामुदायिक कुकुरको प्रजनन दर कम गर्ने तथा रेबिज नियन्त्रण कार्यमा सहयोग पु¥याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

उपमहानगरले दुुई वर्षअघि पनि यस्तै किसिमको शिविर सञ्चालन गरेकोमा करिब २५० वटा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको थियो ।

कार्यक्रमका लागि कुकुर नियन्त्रण गर्न आउने टोलीललाई सहयोग पु¥याउन उपमहानगरपालिकाले सबै स्थानीयवासीलाई आग्रह गरेको छ ।

प्रकाशित समय : १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु