काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रजनन स्वास्थ्य शिविरमा ३५० जनाको स्वास्थ्य परीक्षण

2K
shares

महोत्तरी । आर्थिक अभावका कारण नियमित स्वास्थ परीक्षण गर्न असमर्थ महिलालाई लक्षित गरी मटिहानी नगरपालिकाले बुधबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शिविरमा ३५० महिलाको स्वास्थ्य परीक्षण गर्नुका साथै २०० जनाको पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि ‘स्वाब’ सङ्कलन गरिएको स्वास्थ्य शाखा पमुख पवनकुमार मण्डलले जानकारी दिए।

विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीबाट महिलाले सेवा लिएका थिए । शिविरमा पाठेघर र स्तनक्यान्सर, आङ खस्ने समस्या तथा अब्स्ट्रेटिक फिस्टुलासम्बन्धी उपचार गरिएको थियो ।