गृहपृष्ठ अन्तिम समयमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित
अन्तिम समयमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजे बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो। उक्त बैठक संघीय संसद सचिवालय, सिंहदरबार परिसरमा बस्ने कार्यक्रम रहेको थियो।
आजको बैठकमा अघिल्ला बैठकका निर्णयहरूको कार्यान्वयन प्रगतिबारे छलफल गर्ने तथा विभिन्न उपसमितिहरू गठन गर्ने कार्यसूची तय गरिएको थियो।
बैठकले बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति तथा समितिको कार्यक्षेत्रअन्तर्गतका मन्त्रालय एवं निकायहरूको कामकारबाही अध्ययन तथा निगरानी उपसमिति गरी तीन उपसमिति गठन गर्ने कार्यसूची समेटेको थियो।
साथै, समितिको कार्यक्षेत्रभित्र पर्ने विभिन्न निकायहरूको स्थलगत अनुगमन सम्बन्धमा पनि छलफल गर्ने तयारी गरिएको थियो। तर बैठक नै स्थगित भएपछि ती विषयमा छलफल र निर्णय प्रक्रिया पछि धकेलिएको छ।
प्रकाशित समय : १३:३६ बजे

















